logo शनिबार, असोज ३ २०८३ | Saturday 19th September 2026

को को हुन बौद्धिक चोरी गर्ने डाक्टर ?


  • राजनीति
  • शनिबार, असोज २८ २०७४

नेपालका पाँच चिकित्सकलाई इन्डोनेसियास्थित बाली मेडिकल जर्नलले कालोसूचीमा राखेको छ । कालोसूचीमा भारतीय चिकित्सक पनि छन् ।जर्नलले बौद्धिक चोरीको आरोपमा उनीहरुलाई कालोसूचीमा राखेको हो । कालोसूचीमा पर्ने नेपाली चिकित्सकमा काठमाडौं विश्वविद्यालय अन्तर्गतका मुकेशकुमार श्रीवास्तव, सी.थानापरी, आरके गोइत, एनके यादव र आरके मित्तल छन् । त्यस्तै भारतीय चिकित्सकमा भी. रोहिल छन् ।

उनीहरुले काठमाडौंस्थित ओम अस्पतालका डा. भोला रिजाल, डा. भरत झा, डा. आर श्रेष्ठको शोधपत्रको हुबहु नक्कल गरी बाली मेडिकल जर्नलमा प्रकाशित गराएका थिए । यो खबर प्रकाशमा आएसँगै उनीहरुलाई कालोसूचीमा राखिएको हो । आजको नागरिक दैनिकमा खबर छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार