logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

पोखरा विश्वविद्यालयमा डि प्लस आएका विद्यार्थीको रजिष्ट्रेशन नहुने


  • राजनीति
  • आइतबार, बैशाख ८ २०७६

पोखरा – पोखरा विश्वविद्यालय अन्तर्गतका क्याम्पसमा डि प्लस आएका विद्यार्थीको रजिष्ट्रेशन नहुने भएको छ।शैक्षिक सत्र २०१८ का लागि क्याम्पसहरूले डि प्लस आएका विद्यार्थीको पनि रजिष्ट्रेशन गरेपछि मापदण्ड मिचेको भन्दै विरोध भएको थियो।

कक्षा ११ र १२ मा एक वा एकभन्दा बढी विषयमा कम्तीमा सी ग्रेड नल्याएका विद्यार्थीको स्नातक तहमा यो शैक्षिक सत्रका लागि रजिष्ट्रेशन नगर्ने विश्वविद्यालयले निर्णय गरेको हो।

व्यवस्थापन संकायमा डि प्लस आएका विद्यार्थीको पनि रजिष्ट्रेशन गरेको भन्दै नेपाल विद्यार्थी संघलगायतले विरोध गरेका थिए। प्राज्ञिक परिषद्को निर्णय पालना गर्न कलेजहरूलाई पनि विज्ञप्ति निकालेर आग्रह गरिएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार