logo बुधबार, कार्तिक १९ २०८३ | Wednesday 4th November 2026

टियु सेवा आयोगका अध्यक्षको कुर्सी नेविसंघले जलायो, सचिव रावलसहित पाँच पक्राउ


  • राजनीति
  • आइतबार, बैशाख २९ २०७६

पोखरा- नेपाल विद्यार्थी संघले त्रिभुवन विश्वविद्यालय सेवा आयोगका अध्यक्ष चैतन्य शर्माको कुर्सी जलाएको छ। अध्यक्ष चैतन्य शर्माले खुल्ला प्रतिस्पर्धाको परीक्षामा आफ्नै नातेदार र आसपासका व्यक्ति धाँधली गरी उतीर्ण गराएको आरोप लगाउँदै कुर्सी जलाएको हो।

आज त्रिवि पुगी नेविसंघले शर्माको कुर्सीमा आगजनी गरेको हो। नेवसंघले अध्यक्ष शर्माको कार्यालयसमेत तोडफोड समेत गरेको छ। उक्त घटनामा संलग्न आरोपमा प्रहरीले त्रिवि नेविसंघ सचिव योगेन्द्र रावलसहित ५ पक्राउ जनालाई पक्राउ गरेको छ। सेवा आयोगले कर्मचारी भर्ती गर्दा अनियमितता गरेपछि विद्यार्थी विरोधमा उत्रिएको त्रिवि नेविसंघका अध्यक्ष हरि आचार्यले बताए। उनले पक्राउ परेका विद्यार्थीलाई तुरुन्त रिहाईको मागसमेत गरेको छ।

सेवा आयोगले शाखा अधिकृत, मुख्य कार्यालय सहायक, लेखा अधिकृत, सहायक लेखामा खुल्ला प्रतिस्पर्धा गरी परीक्षाफल प्रकाशित गरिसकेको छ।

छोरी ज्वाइ देखी श्रीमति लाइ जागिर, प्रश्नको घेरामा त्रिबि सेवा आयोग

मुलुक कै जेठाे बिश्वबिद्धालय त्रिभुवन बिश्वबिद्धालय काे शिक्षा आयाेगले बिज्ञापन नं.१८/२०७३/७४ अनुसार स्थायी कर्मचारी काे रिजल्ट सार्वजनिक भए पछि डरलाग्दा रहस्यहरु सार्वजनिक भएका छन ।

पछिल्लो समय बिश्वबिद्धालयहरु राजनीतिक भागबन्डा र नातापाता भर्ना गर्ने केन्द्र बनिरहेको आरोप लागी रहेको बेला त्रिबि सेवा आयाेग लिएको कर्मचारी भर्नाको परिणामले ति आरोपलाइ पुष्टि मात्र होइन बिश्वबिद्धालय प्रती नै ब्यापक अनास्था फैलाउने काम भएको आमको मत रहेको छ । सेवा आयोगमा निकालिएका नामावली मध्य लगभग सबै जसो पदाधिकारी ,सेवा आयोगका प्राध्यापकका आफन्त र कर्मचारी नेता र बिद्यार्थी नेताका श्रीमतीहरु परेका छन ।

अधिकांश बिश्वबिद्धालय का पदाधिकारी का अाफन्त र राजनीतिक नेताहरुका अाफन्त कर्मचारी मा नाम निकालिएकाे छ। सार्वजनिक सेवा जस्तो गरिमामय संस्था मा यस्तो गैरजिम्मेवारी पुर्ण परिणाम काे चाैतर्फि बिराेध भइरहेकाे छ।

यस्तो छ रिजल्ट 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार