logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

नेताकी श्रीमती, ४ वर्ष देखी बिधालय टेकिनन तर तलव छोडिनन


  • राजनीति
  • बुधबार, जेष्ठ १ २०७६

रौतहटका पूर्व सांसद जितेन्द्र यादवकी श्रीमतीले ४ वर्षदेखि स्कुलनै नगई तलब बुझ्ने गरेकी छिन् ।

रौतहट फतुवापुर नगरापालिका–३ मा रहेको जनता प्राथमिक विद्यालयकी शिक्षिका संगिता यादव ४ बर्षदेखि विद्यालय गएर विद्यार्थीलाई पढाएकी छैनन् । हाजिर गर्न भने दुई तीन महिनाको अवधिमा स्कुलमा पुग्ने गरेको स्थानीयहरु बताउँछन् ।

यस हाजिर कापीमा संगिता यादवको हाजिरी देखिन्छ । तर २०७५ सालमा संगिताले गर्ने हाजिरी र अहिलेको हाजिरी मिल्दैन । उनको हाजिर सम्भवतः स्कुलकै प्रधानध्यापक गरिदिने गरेको हुनसक्ने स्थानीयहरु बताउछन् । हामीले स्कुलका प्रधानाध्यापकलाई संगिता यादवको हाजिर कापी माग्दा आफूलाई अफ्ठ्यारो पर्ने भन्दै दिन मानेनन् ।

हाजिर कापी आफ्नो घरमा भएको भन्दै उनले हामीलाई आफ्नो घरमा लगे र बेपत्ता भए । ५ घण्टा कुरेपछि हामीले नगरपालिकाको पहलमा हाजिर कापी लियौ । संगिता यादव स्कुलनै नगई तलब लिने गरेकी बारे नगरपालिका पनि जानकार छ र तर पनि कारबाही हुदैन ।

संगिता यादव यति शक्तिशाली छिन कि उनीविरुद्ध कोही पनि बोल्न मान्दैनन् । कतिसम्म भने स्कुल भित्रै भैंसी पालिएको छ । भैंसी कसको हो भनेर खोजी गर्दा कोही बोल्न मान्दैनन् । न्यूज २४ नेपालबाट ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार