राजनीति
संखुवासभा – विद्यालयका विद्यार्थीहरु अनौठो लक्षण देखा परेपछि विद्यालयमै धामी झाँक्री राखिएको छ। विद्यार्थीहरु बेहोस् हुने, अचेत भई दौडिने, दाँत बाँध्नेजस्ता लक्षण देखा परेकाले शान्तिका विद्यालयमै धामी राखिएको प्रधानाध्यापक गंगाराज राईले बताए।
सिलिचोङ गाउँपालिका–२ बालामा रहेको हिमाल ज्योति आधारभूत विध्यालयमा यस्तो समस्या आए पछ्ही गाउँको कुल देवता रिसाएका भनी अभिभावकले धामी राख्न आग्रह गरेकाले विद्यालयमै धामी राखिएको राईको भनाइ छ। तर, धामी राखे पनि विद्यार्थीहरुको समस्या उस्तै रहेको छ। १२ देखि १४ उमेर समूहका १५ जनाभन्दा बढी छात्रछात्रालाई यो समस्या देखिएको वडा नम्बर २ का अध्यक्ष मोहनशमसेर राईले बताए।
केही विद्यार्थीलाई अस्पातल लगेर उपचार गरे पनि निको नभएपछि विद्यालयमा धामी राख्नु परेको वडाध्यक्ष राईले बताए। दुई महिनादेखि विद्यार्थीहरुमा यस्तो समस्या भइरहेकाले पठनपाठनमा समेत असर पुगेको विद्यालयले जनाएको छ। विद्यार्थीहरुको यस्तो समस्या उत्पन्न भएपछि अभिभावकहरु चिन्तित भएका छन्।