logo बुधबार, कार्तिक १९ २०८३ | Wednesday 4th November 2026

मदरल्याण्डले आयोजना गरेको कास्की जिल्ला स्तरीय चित्रकलामा स्पाइरल ग्यालेक्सीकी गिरी प्रथम


  • राजनीति
  • मंगलबार, जेष्ठ २१ २०७६

पोखरा- पोखराको मदरल्यान्ड माविले स्थापनाको पच्चीसौँ वार्षिकोत्सव तथा रजत जयन्ती वर्षको अवसर पारेर जिल्ला स्तरीय चित्रकला प्रतियोगिता सम्पन्न गरेको छ ।

कास्की जिल्लाभरिबाट ५६ विद्यालयका १०५ जना विद्यार्थीहरूले सहभागिता जनाएको उक्त कार्यक्रममा बालबालिका, शिक्षा र विद्यालय सम्बन्धी विषयमा चित्रहरू कोरिएका थिए ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि वरिष्ठ कलाकार तथा कार्टुनिस्ट दुर्गा बरालले संसार प्रेममा अडिएको छ, प्रेममा डुब्न जान्नुपर्छ र त्यो प्रेमलाई कलाका माध्यमबाट प्रस्तुत गर्न सक्ने मान्छे नै जीवनमा सफल हुन्छ भन्दै आफ्ना मन्त्वय राखेका थिए।

चित्रकला कार्यक्रममा सबै प्रतियोगीहरूलाई पछि पार्दै स्पाइरल ग्यालेक्सी माध्यमिक विद्यालयकी स्मृति गिरीले प्रथम स्थान हात पारकी छन् भने द्वितीय, तृतीय र सान्त्वना स्थान क्रमशः केफ माविका सन्तोष भट्टराई, सृजना माविका सङ्गम पौडेल र शिशु निकेतन माविकी मुस्कान गुरुङले हात पार्न सफल भएका छन् । साथै प्रोत्साहन पुरस्कार भने शिशुकल्याण माविकी सब्रिना परियार गुरुङले जितेकी छन् । कार्यक्रमका अवसरमा विद्यार्थीहरूलाई ट्रफी, प्रमाणपत्र र नगद पुरस्कारले पुरस्कृत गरिएको कुरा कार्यक्रमका संयोजक तथा विद्यालयका कला शिक्षक दलबहादुर गुरुङले जानकारी दिनुभयो ।

वरिष्ठ कलाकार गोपाल श्रेष्ठ, युवा कलाकारद्वय सुनिल सिग्देल र झपीन्द्र गुरुङ निर्णायक रहनुभएको थियो।
विद्यालयका प्राचार्य नारायण बरालको सभापतित्वमा सम्पन्न उक्त प्रतियोगिताको औपचारिक कार्यक्रम विद्यालयका शिक्षक अन्तिम गुरुङले सञ्चालन गर्नुभएको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार