logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

त्रिविमा एम. फिल. तहमा भर्ना आह्वान, यस्ताे छ सुचना


  • राजनीति
  • बिहिबार, जेष्ठ ३० २०७६

त्रिभुवन बिश्वबिद्धालय ले एम फिल पढन चाहाने बिधार्थीका लागि भर्ना आह्वान गरेकाे छ।

शैक्षिक सत्र २०७६/७७ का लागि मानविकी तथा सामाजिक शास्त्र सड्काय अन्तर्गत नेपाली, अंग्रेजी, अर्थशास्त्र, समाजशास्त्र, मानवशास्त्र, जनसंख्या अध्ययन र पत्रकारिता विषयमा दर्शनाचार्य (एम.फिल.) तहको शैक्षिक उपाधिका लागि अध्ययन गर्न चाहने वा दर्शनाचार्य तहका रिडिङ लिस्ट र शोधप्रबन्ध बाहेकका अन्य पाठ्यांश पूरा गरेर विद्यावारिधिको शोधप्रबन्ध लेखनमा प्रवेश गर्न चाहने विद्यार्थीहरूका निम्ति आवेदन आह्वान गरिएको हाे ।

(१) आवेदन फाराम वितरण तथा दर्ता: २०७६ असार १ देखि ३१ गतेसम्म

(२) प्रवेश परीक्षा: २०७६ श्रावण १० गते (१.००-३.०० बजेसम्म)

(३) अन्तर्वार्ता: २०७६ श्रावण १५-१६ गते (१.०० बजेदेखि)

(४) प्रवेश परीक्षाको परीक्षाफल प्रकाशन: २०७६ श्रावण २० गते

(५) उत्तीर्ण बिद्यार्थीको भर्ना: २०७६ श्रावण २१ देखि २९ गतेसम्म (बिहान ११.०० बजेदेखि ५.०० बजेसम्म)

(६) कक्षा सञ्चालन: २०७६ भाद्र १ गतेदेखि

अन्य जानकारीको लागि सम्बन्धित बिभागमा सम्पर्क राख्नु पर्ने छ :

(१) नेपाली केन्द्रीय विभाग, त्रि.वि., कीर्तिपुर, फोन नं. ४-३३११३२

(२) अंग्रेजी केन्द्रीय विभाग, त्रि.वि., कीर्तिपुर, फोन नं. ४-३३१८५१

(३) अर्थशास्त्र केन्द्रीय विभाग, त्रि.वि., कीर्तिपुर, फोन नं. ४-३३०९५०, ४-३३३६१६

(४) समाजशास्त्र केन्द्रीय विभाग, त्रि.वि., कीर्तिपुर फोन नं. ४-३३१०८५२

(५) मानवशास्त्र केन्द्रीय विभाग, त्रि.वि., कीर्तिपुर फोन नं. ४३३४८३२

(६) जनसंख्या अध्ययन केन्द्रीय विभाग, त्रि.वि., कीर्तिपुर, फोन नं. ४-३३१३२३, २२०७१६

(७) पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभाग, त्रि.वि., प्रदर्शनीमार्ग, फोन नं. ४२५५२१२, ४-२२३२५२०

प्रवेश परीक्षा एवं भर्ना सम्बन्धमा विभागले आफ्नै शैक्षिक नीति नियमहरु लागू गर्न सक्ने छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार