logo बुधबार, कार्तिक १९ २०८३ | Wednesday 4th November 2026

हुम्ला ताँजाकोटका धर्मोदय माविका विद्याथीहरु चौरमा बसेर परिक्षा दिन बाध्य


  • राजनीति
  • सोमबार, असार ९ २०७६

हुम्ला– हुम्ला जिल्लाको ताँजाकोट गाउँपालिकाको धर्मोदय माविका विद्याथीहरु चौरमा बसेर परिक्षा दिन बाध्य भएका छन्।

विद्यालयसँग आवश्यकता अनुसार कक्षा कोठाका नभए पछि हाल संचालन भैरहेको पहिलो त्रैमासिक परिक्षा विद्याथीहरु चौरमा बसेर परीक्षा दिन बाध्य भएका हुन्।

कक्षा कोठामा अट्ने अवस्था नभएपछि हाल विद्यालयमा संचालन भैरहेको त्रैमासिक परिक्षा चौरमा बसेर दिईरहेको कक्षा १० का छात्र शुक्रराज शर्माले बताए। गर्मीले परिक्षा दिन केही असजिलो भए पनि विद्यार्थीहरु चौरमा बस्न बाध्य छन्।

खुला चौरमा परिक्षा दिँदा लेख्ने बेला समस्या हुने र दिमाग अन्तैतिर मोडिने गरेको कक्षा १० कै छात्रा रेखा शाहीले बताईन्। यो विद्यालयको रहर नभएर बाध्यता भएको र आफूहरुले पनि जेनतेन परिक्षामा सहभागिता जनाईरहेको उनको गुनासो छ।

कक्षा ६ देखि १० सम्म पढाई हुने उक्त विद्यालयमा अप्रयाप्त कक्षा कोठा कै कारण परिक्षा चौरमा परिक्षा संचालन गर्नु परेको विद्यालयका प्रधानाध्यापक गंगादत्त जैसीले बताए। उनले विद्यालयसँग आवश्यकता अनुसार भवन नहुँदा कक्षा कोठाको अभाव भएको र भएका कक्षा कोठामा पनि परिक्षार्थीहरुलाई राख्न नसकिने भएपछि खुला चौरमा परिक्षा संचालन गर्नु परेको बताए।

अहिले पनि कक्षा ६ लाई कक्षा कोठा नहुँदा मञ्चमा पढाइ हुने गरेकाे छ। साथै अन्य कक्षाको अध्ययनका बेला पनि विद्यार्थीहरु पाँच देखि ६ जना एउटा बेन्चमा बस्दै आएका छन्।

विद्यालयमा १ सय ९८ छात्रा र १ सय २६ जना छात्र गरि जम्मा ३ सय २४ जना विद्यार्थीहरुले परिक्षा दिईरहेका छन्। सो विद्यालय पुग्न सदरमुकाम सिमकोटबाट चार दिन पैदल लाग्ने गरेको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार