logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

उदयपुर गाईघाटलगायतका क्षेत्रमा गर्मी बढेपछि विद्यार्थी कक्षामै ढल्न थाले, तीन दिन बिदा


  • राजनीति
  • बुधबार, असार ११ २०७६

पोखरा- उदयपुर गाईघाटलगायतका क्षेत्रमा गर्मी बढेपछि विद्यालयमा तीन दिन बिदा दिइएको छ।

अत्यधिक मात्रामा केही दिनयतादेखि गर्मी बढेर जनजीवन प्रभावित हुन थालेपछि त्रियुगा नगरपालिका क्षेत्रभित्रका सम्पूर्ण सरकारी विद्यालय तीन दिनका लागि बन्द गर्ने निर्णय भएको हो।

त्रियुगा नगरपालिका शिक्षा तथा युवा खेलकूद शाखाले मंगलबार सूचना जारी गर्दै बुधबारदेखि शुक्रबारसम्म तीन दिनका लागि नगर क्षेत्रका सम्पूर्ण सरकारी विद्यालयहरु बन्द गर्ने निर्णय गरेको त्रियुगा नगरपालिका शिक्षा युवा तथा खेलकूद शाखाका अधिकृृत जसबहादुर कार्कीले जानकारी दिए।

दुई हप्ता अघिसम्म ३६ डिग्री तापक्रम रहेको त्रियुगा नगरपालिका क्षेत्रमा एक सातायता अचानक ४४ डिग्री तापक्रम पुगेको छ।

गर्मीले दिउँसो विद्यालयमा अध्ययनरत छात्रछात्रा बेहोस भएर लड्ने र शिक्षक शिक्षिकासमेत बेहोस हुनेजस्ता अवस्था आएको कारण तीन दिनका लागि सरकारी विद्यालय बन्द गर्ने निर्णय गरिएको नगर शिक्षा एकाइ समितिले जनाएको छ।

अत्यधिक गर्मी भएकै कारण दिउँसो कोही पनि घरबाट बाहिर निक्लने अवस्था नभएको स्थानीय देवराज खड्काले बताए।

गर्मीकै कारण दिनमा तीन घण्टा सडक क्षेत्र तथा बजार क्षेत्रमा मानिसको चहलपहलसमेत ठप्प हुने गरेको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार