राजनीति
पोखरा- काठमाडौँकी संरचना लोहनीले एसईईको बिहीबार सार्वजनिक भएको नतिजामा ४ जिपिए ल्याएकी छन्।उनले सबै विषयमा ए प्लस ल्याएकी छन्।
उनी कलंकीस्थित विज्डम इंगलिस एकेडेमीबाट एसईई परीक्षामा सहभागी भएकी थिइन्।
उनलाई पढाइका अतिरिक्त नाच्न र गाउन पनि मन पर्छ। अब उनले फिजिक्स पढ्ने र इन्जिनियरिङ क्षेत्रमा जाने योजना बनाएकी छिन्।
उनको घरमा बुवाआमा, एक दाजु र एक दिदी छन्।
एसईईको बिहीबार सार्वजनिक नतिजामा सहभागी ४ लाख ७५ हजार ३ सय विद्यार्थीहरुमध्ये १ लाख ३३ हजार ९ सय निजीतर्फ र ३ लाख २५ हजार ३ सय ३० सामुदायिकतर्फ पास भएका छन्।