logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

यी हुन लमजुङबाट ४ जीपीए ल्याउने तीन विद्यार्थी


  • राजनिती न्युज डेस्क
  • शुक्रबार, असार १३ २०७६

नवीनराज कुइँकेल बेंसीसहर – एसईई परीक्षामा सहभागीमध्ये लमजुङबाट तीनजनाले ४ जीपीए ल्याएका छन्। मस्र्याङदी गाउँपालिका ३ खुदीस्थित हिमचुली आवसीय माध्यमिक विद्यालयकी रचना सुयेल र फ्युचर स्टार आवासीय मावि सिउँडीबार, भोटेओडारका आशिष रानाभाटले बराबर ३ दशमलव ९५ जीपीए ल्याएका छन्। नवीनराज कुइँकेलले अन्नपुर्णमा लेखेका छन।

हिमचुली आवासिय माविका रचनाले नेपाली विषयबाहेक सबै विषयमा ४ जीपीए ल्याएकी छन्। नेपालीमा भने ३ दशमलव ६ जीपीए आएको छ। रचनाकी आमा निर्मला थापाले छोरीले जिल्लामै धेरै जीपीए ल्याएको खबरले खुशी मिलेको बताइन्।

फ्युचर स्टार आवासीय मावि सिउँडीबारका आशिष रानाभाटले ३ दशमलव ९५ जीपीए ल्याएको छ।
शिक्षा विकास तथा समन्वय इकाई लमजुङका अनुसार यस वर्ष सामुदायिक ७९ र निजी २१ गरी १ सय विद्यालयका २ हजार ९ सय ९० परीक्षार्थीले एसईई परीक्षाको प्रवेशपत्र लिएका थिए।

यसमा १ हजार ६ सय १४ छात्रा र १हजार ३ सय ७६ छात्र थिए। ग्रेड वृद्धिका लागि ३० जना परीक्षार्थी सहभागी भएका थिए। जिल्लामा १८ परीक्षा केन्द्रबाट परीक्षा सञ्चालन गरिएको थियो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार