logo शनिबार, असोज ३ २०८३ | Saturday 19th September 2026

त्रि बि ले एमबीबीएसको सीट संख्या तोक्यो ,कुन कलेजलाइ कति ? ।


  • राजनीति
  • सोमबार, पुष २४ २०७४

त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषद्ले मेडिकल कलेजनहरुको एमबीबीएसको सीट संख्या तोकेको छ ।

त्रिवि परिषद्ले चिकित्सा शिक्षा संस्थान (आईओएम)ले निर्धारण गरेको सिट संख्यालाई सदर गरेपछि एमबीबीएसमा नयाँ भर्नाको बाटो खुलेको छ । त्रिविले सीट संख्या नतोक्दा विद्यार्थीहरु अन्यौलमा परेका थिए ।

नयाँ विद्यार्थी भर्नाका लागि आईओएमले आइतबार नै ‘ओपन हाउस काउन्सिलिङ’को लागि आवेदन खुला गरेको छ ।

‘एमबीबीएस अध्ययन गर्नेहरुका लागि आईओएमले यही २६ गते ओपन हाउस काउन्सिलिङ गर्दैछ’ त्यसमा पास हुनेहरुले भर्ना हुन पाउनेछन्’ आईओएमका सहायक डीन प्रा. डा. राजेन्द्र गुरागाईले बताएकाछन ।

एमबीबीएस अध्ययनका लागि महाराजगञ्ज चिकित्सा क्याम्पसमा ७६ सिट, भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा ९० सीट, नेसनल मेडिकल कलेज वीरगञ्जको ९० सीट, जानकी मेडिकल कलेज, जनकपुरमा ७२ सीट, किष्ट मेडिकल कलेज, ललितपुरमा ८१ सीट, गण्डकी मेडिकल कलेज पोखराको ९० सीट, नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानको १०० सीट तथा चितवन मेडिकल कलेजमा ८१ सीट निर्धारण भएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार