logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

सिटिइभिटीका नाममा संन्चालित अवैध संस्थामाथी कार्वाही गर्न क्रान्तिकारीकाे माग


  • राजनीति
  • बिहिबार, साउन २ २०७६

सरकारद्वारा प्रतिबन्धित नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको नेकपा निकट अनेरास्ववियु ( क्रान्तिकारी ) दाङले अवैध रुपमा सन्चालन गरिएका सिटिइभिटी अन्तर्गतका कलेजहरु तत्काल बन्द गर्न माग गरेकाे छ।

अखिल (क्रान्तिकारी ) दाङ जिल्ला समितिकाेे बैठकले शिक्षा क्षेत्र दिनप्रतिदिन माफिया र दलालहरुकाे चंगुलमा पर्दैगएकाे प्रति आपत्ति जनाउदै सराेकारवाला निकायकाे ध्यानाकर्षण गरेकाे छ। अखिल ( क्रान्तिकारी ) केेे स प्रितिमा चाैधरी र संयाेजक अनिल केसीद्वारा  हस्ताक्षरित बिज्ञप्तीमा बिधार्थि लुटिने र पढन नपाउने अवस्था काे अन्त्य हुनुपर्नेे बताएका छन् ।

यस्तै  क्रान्तिकारी ले बिधार्थी भर्नामा छनाैटका नाममा बिधार्थीलाइ पढनबाट बन्चित गराएकाेप्रति आपत्ति जनाउदै सबै बिधार्थीलाइ पढन पाउने अधिकार बाट बन्चित नगर्न अपिल गरेकाे छ।

यस्तै प्राविधिक शिक्षाका नाममा ठुला हाेडिङ बाेर्डहरु झुन्डिएर  संस्था तथा शिक्षा काे ठाडाे व्यापार गरेकाे र अवैधानिक  रुपले संस्थाहरु सन्चालन गरिरहेकाे  ले यस्ता संस्थामाथि कडा कार्वाही तथा ब्यापारिक शैक्षिक संस्था लाई बिधार्थीले  आफुले राेजेकाे संस्था मा बिना राेक पढन पाउने बाताबरण बनाउन सम्बन्धि पक्षसग माग गरेकाे छ।

यस्तो छ बिज्ञप्ती 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार