logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

विद्यार्थी पिटेपछी हेम्जा बोर्डिङका शिक्षक प्रकाउ


  • राजनीति
  • मंगलबार, साउन ७ २०७६

पोखरा- आफ्नो बच्चालाई कुटेको भन्दै अभिभावकको उजुरीपछि कास्कीको हेम्जामा रहेको हेम्जा वोर्डिङ स्कूलका एक शिक्षक प्रहरी हिरासतमा पुगेका छन्।यो समाचार नेपाल खबरले लेखेको छ।

सोही स्कूलमा अध्ययनरत एक विद्यार्थीलाई पिटेको उजुरीपछि प्रहरीले उनलाई पक्राउ गरी सार्वजनिक हित, सुरक्षा सुविधा र नैतिकताविरुद्धको कसुरमा कारवाही अगाडि बढाएको कास्की प्रहरीले जनाएको छ।

ती शिक्षक विद्यालयमा कम्प्युटर पढाउँथे।

यसै मेसोमा कास्की प्रहरीले सोमबार सोही स्कूलमा समुदाय प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत प्रहरीसँग एकदिन कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रमअन्तर्गत कास्कीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक दानबहादुर कार्कीले कक्षा ८ का विद्यार्थीहरुसँग प्रहरीले दिने सेवाबारे प्रकाश पारेका थिए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार