राजनीति
पोखरा- पोखरा महानगरस्तरीय खुला हाजिरी जवाफ प्रतियोगितामा मेट्रोपोलिटान एकेडेमी प्रथम भएको छ । विज्ञान सचेतना समूह पृथ्वीनारायण क्याम्पसको आयोजनामा भएको प्रतियोगितामा महानगरका माध्यमिक तह (कक्षा ९ र १०) ५० विद्यालय सहभागी थिए। उक्त कार्यक्रममा बेसलाइन एकेडेमी द्वितीय, नेसनल इन्भेन्टिभ एकेडेमी तृतीय तथा धौलागिरि बोर्डिङ सान्त्वना भएको हो।
।
कार्यक्रममा प्रमुख अतिथि नेसनल क्रियसन एकेडेमीका अध्यक्ष गोपालबहादुर थापाले विद्यार्थीलाई किताबी ज्ञानमात्र नभई चौतर्फी ज्ञान बढाउन संस्थाले महत्वपूर्ण भूमिका खेलको भन्दै खुसी व्यक्त गरे ।
नेसनल क्रियसन नागढुंगाको सभा हलमा भएको कार्यक्रम संयोजक गणेशप्रसाद अधिकारीको अध्यक्षतामा भएको थियो।