logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

उपकुलपतिका लागी दौडधुप शुरु कसले मार्लान बाजी ?


  • पत्रपत्रिका
  • बुधबार, साउन २९ २०७६

त्रिभुवन विश्वविद्यालयको उपकुलपति सिफारिस गर्न गठित सर्च कमिटीको पहिलो बैठक कमिटी बनेको १० दिन भइसक्दासम्म बस्न सकेको छैन।

बैठक बस्न नसकेपछि उपकुलपति छनौट गर्न कमिटीलाई हम्मे हम्मे पर्ने भएको छ। सरकारले सहकुलपति एवं शिक्षामन्त्री गिरिराजमणि पोखरेलको अध्यक्षतामा समिति गठन गरेको थियो।

त्रिभुवन विश्वविद्यालयका कुलपति एवं प्रधानमन्त्री केपी शर्मा ओलीले अघिल्लो शुक्रबार शिक्षामन्त्री पोखरेलको अध्यक्षतामा तीन सदस्यीय सर्च कमिटी गठन गरेका हुन् ।

कमिटीमा व्यवस्थापन संकायका डिन प्राडा डिल्लीराज शर्मा र आंगिक क्याम्पसका तर्फबाट त्रिवि सभाका सदस्य एवं मेची क्याम्पस झापाका प्रमुख कमलप्रसाद गुरागाईं सदस्य रहेका छन्।

प्रम ओलीले आफूनिकट रहेका व्यक्तिलाई उपकुलपति बनाउने चाहना राख्नुभएपछि सर्च कमिटी अलमलमा परेको कारण बैठक बस्न नसकेको बताइएको छ। यो समाचार आजको नेपाल समाचारपत्रमा ईश्वरराज ढकालले लेखेका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार