logo बुधबार, कार्तिक १९ २०८३ | Wednesday 4th November 2026

स्कुल बसले ठक्कर दिँदा एक जनाको मृत्यु


  • राजनीति
  • शुक्रबार, साउन ३१ २०७६

हेटौंडा – मकवानपुरको मनहरी गाउँपालिकामा स्कुल बसले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ। हेटौँडा १२ मा रहेको फेमिकल एकेडेमीको विद्यार्थी बोक्ने ‘अनटेष्ट’ बसले मनहरी गाउँपालिका १ मकरीमा ४५ बर्षीय नकुलबहादुर बखतीलाई ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएको हो।

बखतीको शवलाई पोष्टमार्टमका लागि हेटौँडा अस्पताल ल्याइएको प्रहरीले जनाएको छ। बस र चालक पदमपोखरी प्रहरीको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार