logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

चिकित्सा शिक्षामा लुट जस्ताकाे तस्तै सराेकारवाला निकाय किन माैन ?


  • पत्रपत्रिका
  • मंगलबार, भाद्र ३१ २०७६

मेडिकल शिक्षामा बिकृति उस्ताकाे उस्तै छ। चिकित्सा शिक्षाका विकृति रोक्न ६ महिनाअघि छुट्टै ऐन जारी गरिए पनि कार्यान्वयन प्रभावकारी नहुँदा विद्यार्थीमाथि मेडिकल कलेजहरुको चर्को शुल्क असुली यथावत् छ ।

चिकित्सा शिक्षा आयोगले पूर्णता नपाइसकेको र विश्वविद्यालयको अनुगमन फितलो भइरहेको मौका छोपेर कलेजहरुले मनपरी शुल्क असुलीरहेका हुन् । निजी मेडिकल कलेजले सरकारले तोकेभन्दा लाखौं बढी लिँदै आएका छन् ।

शुल्क फिर्ताको माग गर्दै चितवन मेडिकल कलेज भरतपुर र गण्डकी मेडिकल कजेजका विद्यार्थी पुनः आन्दोलनमा उत्रिएका छन् ।

सरकारले उपत्याकाभित्र एमबीबीएस अध्ययन गर्न ३८ लाख ५० हजार र उपत्यका बाहिर ४२ लाख ४५ हजार शुल्क तोकेकोछ ।

कलेजहरुले भने एउटै विद्यार्थीसँग दोब्बर शुल्क (८०लाख)सम्म असुल्दै आएका छन् । गण्डकी मेडिकल कलेजले एउटै विद्यार्थीबाट ६० लाख लिएको छ । यो समाचार कान्तिपुर दैनिकमा सुदीप कैनीले लेखेका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार