आश तमु,पोखरा – कालिका पब्लिक कलेज पोखरा –१०, रामबजारमा विविएस र विएडका विद्यार्थीहरुलाई एक कार्यक्रम बीच छात्रवृत्ती प्रदान गरिएको छ।
शुक्रबार क्यामपसकै सभाहलमा आयोजित एक कार्यक्रम बीच गरिव तथा जेहेन्दार ८३ जना बिधार्थीहरुलाई छात्रवृत्ती प्रदान गरिएको कलेजका प्रमुख ज्योतिबाबु पौडेलले बताए।
आर्थिक अभावकै कारण कुनै पनि बिधार्थी शिक्षाबाट बञ्चित हुन नपरोस भन्ने आफ्नो चाहानाले बिभिन्न सहयोगी मनहरुलाई आग्रह गरी संकलन रकम र क्यामसपको स्रोतबाट बिधार्थीलाई छात्रवृत्ती प्रदान गरिएको कलेज प्रमुख पौडेलले बताए।
यसैगरी कलेजले गरेको कार्य प्रशशा योग्य रहेको भन्दै समाज सेवी एव् कालिका माबिका पुर्ब प्रअ महेश गुरुङ्ले छात्रवृत्तीकोषको स्थापना गर्ने घोषणा गरेका छन।ुनले एकलाख एघार हजार एक सय एघार हजार रकम बराबरको छात्रवृत्तीकोषको स्थापना गर्ने घोषणा गरेका हुन।
प्रमुख अतिथि समाज सेवी उतम पुनले कलेजले स्थापना काल देखी हाल सम्म गरेको कार्यको खुलेर प्रशसा गरेका छन। उनले गरिव तथा जेहेन्दार बिधार्थीहरुको लागी शिक्षाको ढोका खोलेको प्रति आभार व्यक्त गरे।हाल अहिले कलेजमा विविएस र विएडका गरी ३१५ जना बिधार्थी अध्ययनरत रहेको छ।