पोखरा- त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा डा. भगवान कोइराला,धर्मकान्त बास्कोटा र चन्द्रमणि पौडेलको नाम सिफारिस भएको छ । हाल निमित्त उपकुलपतिको जिम्मेवारीमा रहेकी प्रा।डा। सुधा त्रिपाठीको नाम भने सिफारिसमा परेको छैन ।
बालुवाटार स्रोतका अनुसार त्रिविको उपकुलपतिका लागि सिफारिस तीन जनाको नामावलीमा डा। भगवान कोइरालाको नाम पहिलो नम्बरमा छ । यसैगरी धर्मकान्त बास्कोटा र चन्द्रमणि पौडेलको नाम क्रमशः दोस्रो र तेस्रो नम्बरमा परेको छ ।
तत्कालीन उपकुलपति प्रा।डा। तिर्थ खनियाको कार्यकाल सकिनुअघि नै सरकारले नयाँ उपकुलपतिका लागि नाम सिफारिस गर्न सहकुलपति एवम् शिक्षामन्त्री गिरिराजमणि पोख्रेलको नेतृत्वमा समिति गठन गरिएको थियो । तर, समितिले लामो समयसम्म पनि नाम छनोट गर्न नसकेपछि रेक्टर सुधा त्रिपाठीलाई निमित्त उपकुलपतिको जिम्मेवारी दिइएको थियो ।