logo बुधबार, कार्तिक १९ २०८३ | Wednesday 4th November 2026

काठमाडौँमा निजि विद्यालयको छाना खस्दा ३९ विद्यार्थी घाइते


  • राजनिती न्युज डेस्क
  • बुधबार, कार्तिक ६ २०७६

पोखरा- काठमाडौँमा निजि विद्यालय तारकेश्वर विद्याकुञ्ज इंग्लिस सेकेन्डरी बोर्डिङ स्कुलको छाना खस्दा ३९ विद्यार्थी घाइते भएका छन् ।

काठमाडौंको तारकेश्वर नगरपालिका–३ जितपुरमा रहेको तारकेश्वर विद्याकुञ्ज इंग्लिस सेकेन्डरी बोर्डिङ स्कुलको ट्रसले छाएको छानो खस्दा ३९ विद्यार्थी घाइते भएका हुन् ।

घाइते विद्यार्थीहरुको सामाखुसीस्थित ग्रीनसिटी अस्पतालमा उपचार भैरहेको काठमाडौँ प्रहरी परिसरका प्रवक्ता डीएसपी होबिन्द्र बोगटीले जानकारी दिएका छन् ।

प्रहरीका अनुसार घाइते हुनेमा कक्षा १ देखि ५ सम्मका विधार्थी रहेका छन् । विद्यालयको ट्रसको छानो कमजोर भएकाले खसेको हुनसक्ने प्रहरीले अनुमान गरेकाे छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार