logo शनिबार, असोज ३ २०८३ | Saturday 19th September 2026

सरकारले अर्को वर्षदेखि माध्यामिक विद्यालय परीक्षा (एसइई) प्रदेशस्तरमा गर्ने


  • राजनीति
  • बिहिबार, माघ १८ २०७४

काठमाडौँ– सरकारले अर्को वर्षदेखि माध्यामिक विद्यालय परीक्षा (एसइई) प्रदेशस्तरमा गर्ने तयारी गरेको छ ।  वि.सं २०७५ देखि सातवटै प्रदेशका प्रदेश परीक्षा बोर्डको कार्यालयबाट एसइई सञ्चालन गर्ने तयारी भएको शिक्षा मन्त्रालयका प्रवक्ता डा.हरिप्रसाद लम्सालले जानकारी दिए ।

उनका अनुसार चाँडैनै प्रदेशबाट परीक्षा सञ्चालन गर्ने भनेर मन्त्रालयबाट निर्णयसमेत हुने छ ।  “हामी अहिले सातवटै प्रदेशबाट एसइई परीक्षा सञ्चालनको तयारी गर्छौं”, उनले भने, “चाँडै नै निर्णय गरेर सञ्चालनको व्यवस्था गर्छौ ।”

उनका अनुसार एउटै मितिमा सञ्चालन भएपनि सातवटै प्रदेशमा सञ्चालन हुने एसइईका प्रश्नपत्र फरक रहने छन् । परीक्षाफल भनेसँगै प्रकाशन गरिनेछ ।  मन्त्रालयले मुलुक संघीयतामा गइसकेपछि शिक्षा ऐन, २०२८ को नवौं संशोधनमा पनि प्रदेशस्तरमा एसइई सञ्चालन भएअनुसार प्रदेशबाट सञ्चालनको तयारी थालिएको मन्त्रालयका सूचना अधिकारी सरस्वती पोखरेलले बताइन् ।

प्रदेशबाट एसइई सञ्चालनका लागि ६ नं प्रदेशबाहेक सबै प्रदेशमा परीक्षा बोर्डका कार्यालय रहेका छन् ।  मन्त्रालयका प्रवक्ता डा लम्सालले राष्ट्रिय परीक्षा बोर्डको शाखा कार्यालय खोल्न तयारी भइरहेको बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार