logo शनिबार, असोज ३ २०८३ | Saturday 19th September 2026

दलित विद्यार्थीका भरमा सामुदायिक विद्यालय


  • राजनीति
  • आइतबार, माघ २१ २०७४

डेढ दशकअघिसम्म जिल्लामै चर्चित थियो सिरहाको बस्तीपुरस्थित माध्यमिक विद्यालय । उदयपुर, खोटाङलगायत पहाडी जिल्लाका विद्यार्थी पनि यहीँ पढ्न आउँथे ।

सदरमुकामस्थित सबैभन्दा पुरानो चन्द्र मावि र लहानस्थित पशुपति माविको पनि आफ्नै साख थियो ।

२०३७ को एसएलसीमा बोर्ड थर्ड र २ पटक पूर्वाञ्चल ‘फस्र्ट’ बनेको बस्तीपुर मावि अहिले दलित समुदायका बालबालिकाको भरमा छ । २००४ सालमा स्थापित विद्यालयमा १२ कक्षासम्म पढाइ हुन्छ । अहिले ९ सय ९६ विद्यार्थी अध्ययनरत छन् ।

तीमध्ये ६८ प्रतिशत विद्यार्थी चमार, मुसहरलगायत दलित समुदायका हुन् ।
बस्तीपुर माविबाटै २०४३ सालमा एसएलसी पास गरी नौ वर्ष त्यही विद्यालयमा मावि शिक्षक भइसकेका काशीन्द्र यादव पठनपाठनभन्दा राजनीतिक गतिविधिले बढावा पाउन थालेकाले सामुदायिक विद्यालयको दुरवस्था सुरु भएको बताउँछन् ।, यो खबर आजको कान्तिपुर दैनिकमा छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार