logo बुधबार, कार्तिक १९ २०८३ | Wednesday 4th November 2026

शैक्षिक वर्ष सन् २०१८/१९ मा १३ हजार २२९ विद्यार्थी अमेरिकामा भर्ना


  • राजनिती न्युज डेस्क
  • बुधबार, मंसिर ४ २०७६

पोखरा- काठमाडौँस्थित अमेरिकी राजदूतावासले नेपाल स्नातक तथा स्नातकोत्तर तहको अध्ययनका लागि विद्यार्थी अमेरिका पठाउने मुलुकमध्ये १२औँ स्थानमा रहेको जनाएको छ।

इन्स्टिच्युट अफ इन्टरनेसनल एजुकेसन र अमेरिकी विदेश मन्त्रालयअन्तर्गतको शैक्षिक तथा सांस्कृतिक मामिलासम्बन्धी ब्युरोको ओपन डोओर्स रिपोर्टलाई उधृत गर्दै दूतावासले अमेरिकामा अध्ययनरत नेपाली विद्यार्थीको कुल सङ्ख्या १३ हजार २२९ रहेको जनाएको छ।

प्रतिवेदनका अनुसार शैक्षिक वर्ष सन् २०१८/१९ मा १० लाख ९० हजार विदेशी विद्यार्थी अमेरिकामा भर्ना भएका छन्। यो हालसम्मकै सबैभन्दा उच्च सङ्ख्या भएको दूतावासले जनाएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार