logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

कोठामा पेस्तोल राखिदिएर बिद्यार्थीलाइ बदनाम गर्न खोजियो : सिएमसीका बिद्यार्थी


  • राजनीति
  • शनिबार, मंसिर ७ २०७६

चिकित्सा शिक्षामा सुधारका लागी केहि महिना देखी सडक संघर्षमा रहेका चितवन मेडिकल कलेजका बिद्यार्थीहरुले आफुहरु माथी ठुलो षड्यन्त्र भएको बताएका छन ।   आजै मात्र एक बिज्ञप्ती जारी गरी चितवन मेडिकल कलेजले प्रशासनले होस्टेलभित्र पेस्तोल राखेर आफूहरुलाई बद्नाम गर्न खोजेको भन्दै कलेज प्रशासनलाइ गिरफ्तार गर्न माग गरेकाछन ।

चिकित्सा संघर्ष समितिले यहि ८ गते चितवनमा विशाल प्रदर्शनको तयारी गरिरहेको बेला उक्त घटना घटेको छ । संघर्ष समितिका संयोजक नेत्र विक्रम चन्द ‘विप्लव’का छोरा प्रकाश चन्द हुन । यधपी यो संघर्ष समितिले बिशुद्ध चिकित्सा शिक्षाको सुधारको वकालत गर्दै आएको छ ।

आइतबारको कार्यक्रम हुन नदिन कलेज प्रशासनका मान्छेले पेस्तोल ल्याएर होस्टेलमा राखेको र उक्त पेस्तोल विद्यार्थीको भन्दै ठुलो मात्रामा प्रहरी परिचालन गरिएको विद्यार्थीले जनाएका छन् ।

चिकित्सा संघर्ष समितिका  नेता प्रकाश चन्द सहित केहिलाई पक्राउ गर्न लागेको भन्दै विद्यार्थीले आकस्मिक बैठक बोलाएका छन् ।

सिएमसीका विद्यार्थीका अनुसार विप्लवका छोरा प्रकाश सहित केहि लाइ पक्राउ गर्न अहिले ठुलो मात्रामा प्रहरी परिचालन गरिएको छ ।

होस्टेलबाटै पक्राउ गर्न प्रहरीको घेराबन्दी चलिरहँदा विद्यार्थीले नारावाजी गरेका छन् ।

भोलि (मंसिर ८) का लागि आयोजना गरेको वृहत् प्रदर्शनलाई रोक्ने उदेश्यले गिरफ्तार गर्न खोजेको विद्यार्थीको आरोप छ ।

सिएमसीको छात्रवासमा मेड इन युएसए’ लेखिएको हतियार र गोली फेला परेको चितवन प्रहरीले जनाएको छ ।

त्यसको अनुसन्धानका लागि प्रहरी टोली खटिएको हो । पेस्तोल कसको हो भन्ने थाहा पाएपछि प्रहरीले पक्राउ गर्ने जनाएको छ।

प्रकाश चन्द नेतृत्वमा अतिरिक्त शुल्कविरुद्ध गठन भएको चिकित्सा शिक्षा संघर्ष समितीले हाल चितवन सहित विभिन्न कलेजमा आन्दोलन गर्दै आएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार