logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

सरकार र मेडिकल कलेजबीच मध्यरातमा हस्ताक्षर यस्तो भयो सहमति


  • राजनीति
  • बुधबार, मंसिर ११ २०७६

पछिल्लो समयमा चर्कै गएको चिकित्सा शिक्षा आन्दोलनको फलस्वरूप सरकार र निजी मेडिकल कलेजबीच दुई बुँदे सहमति भएको छ । मंगलबार राती शिक्षा मन्त्रालयमा बसेको दुई पक्षीय बैठकले उक्त सहमति गरेको हो ।

उक्त सहमतिअनुसार मेडिकल कजेजले बुधबार बाटै अतिरिक्त शुल्क समायोजन वा फिर्ताको प्रक्रिया थाल्ने जनाइएको छ
त्यस्तै दुई पक्षीय सहमतिमा ०७२/०७३ र ०७३/०७४ को हकमा चिकित्सा शिक्षा आयोगले उपयुक्त निर्णय गर्ने भनिएको छ ।

मेडिकल कलेजले विद्यार्थीको रकम फिर्ता गर्न नसक्ने अडान दोहोर्याएपछि मंगलबार दिउँसो गृहमन्त्रालयमा बसेको बैठकले बुधबारसम्म शुल्क समायोजन वा फिर्ता नगरे मेडिकल कलेज सञ्चालकलाई पक्राउ गर्ने निर्णय गरेको थियो ।

गृहमन्त्रालयको सो निर्णयपछि निजी मेडिकल सञ्चालकहरु चर्को दबाबमा परेका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार