logo बुधबार, कार्तिक १९ २०८३ | Wednesday 4th November 2026

कास्की ‘प्याबसन स्पोर्टस मिट’ ८३ विद्यालयका ५ हजार विद्यार्थीहरुले सहभागिता जनाउने


  • राजनिती न्युज डेस्क
  • बुधबार, मंसिर २५ २०७६

पोखरा- निजी तथा आवाशिय विद्यालयहरुको छाता संस्था कास्की प्याबसनले मंसिर २६ गते बाट औनपचारिक र पुष १ गते बाट प्याबसन स्पोर्टस मिट सुरु गर्ने भएको छ।

‘१६ औं प्याबसन स्पोर्टस मिटमा कास्कीका ८३ विद्यालयका ५ हजार १ सय विद्यार्थीहरुले सहभागिता जनाउने प्यावसन कास्कीका अध्यक्ष प्रेम प्रसाद शर्माले बताएका छन ।
प्याबसन स्पोर्टस मिट २०७६’ सम्पन्न गर्न विभिन्नि १७ सदस्यिय उप समिती गठन गरेको उनले बताए ।स्पोर्टस मिटमा सिनियर फुटबल ५२ टिम, जुनियर तर्फ २४ र सिनियर छात्रा तर्फ १७ टिमको सहभागिता हुने छ्न।

सिनियर छात्र भलिबलमा २४, छात्रा तर्फ १७, टेबुल टेनिस छात्र तर्फ ३९, छात्रा तर्फ २६ तथा एथलेटिक्स छात्रतर्फ ६३ र छात्रा तर्फ ४८ विद्यालयका खेलाडीहरुको सहभागिता रहनेछ ।यहि पुष १ गते देखि ५ गते सम्म संचालन हुने ‘प्याब्सन स्पोर्ट्स् मिट’ को औपचारिक उद्घाटन पुष १ गते भव्य कार्यक्रमका विच पोखरा रंगशालामा गरिने प्यावसन कास्कीका वरिष्ठ उपाध्यक्ष तथा प्रतियोगिताका संयोजक मथुरा प्रसाद पौडेलले जानकारी दिए ।

पोखरामा १० दिन सम्म निरन्तर चल्ने प्याबसन स्पोर्टस मिटमा दैनिक १० हजार भन्दा बढि विद्यार्थी अभिभावक र अन्य दर्शकहरुले अवलोकन गर्ने आयोजकले अपेक्षा गरेको छ ।शिक्षासँगै खेलकूदको विकास गर्ने उद्देश्यले आयोजित ‘प्याब्सन स्पोर्ट्स् मिट’ सम्पन्न गर्न करिब २५ लाख खर्च लाग्ने अध्यक्ष शर्माले बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार