logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

शैक्षिक क्षेत्रमा राजनीति गर्न हुदैन – मुख्यमन्त्री डोरमणि पौडेल


  • रासस
  • बिहिबार, मंसिर २६ २०७६

पोखरा- प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले शैक्षिक क्षेत्रमा राजनीति गर्न नहुने बताएका छन्।

बालकुमारी मावि नारायणगढको स्वर्ण महोत्सवका अवसरमा बुधबार आयोजित कार्यक्रममा मन्त्री पौडेलले शैक्षिक संस्थामा शिक्षक संघसंगठनका नाममा विद्यालय बिगार्ने गरी राजनीति गर्न नहुने बताएका हुन्।

उनले भने, ‘शिक्षक संघसंगठन तथा युनियन विद्यालयको हित र शैक्षिक गुणस्तर बढाउनका लागि हो । राजनीति गर्नका लागि होइन ।’ उनले थपे, ‘अहिले विद्यार्थीको पढाइ नै बिग्रने गरी राजनीति हुने गरेको सुनेको छु।’ शिक्षा क्षेत्रमा अब परिवर्तन गर्नु आवश्यक रहेको बताउँदै उनले अहिलेको शिक्षा बेरोजगार उत्पादन गर्ने थलो भएको बताए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार