logo बुधबार, कार्तिक १९ २०८३ | Wednesday 4th November 2026

नेपाल साहित्य महोत्सव पोखरामा आज बाट सुरु हुँदै, सेसन “लेक रहेपो रहला लेकसाइड”


  • आश तमु
  • शुक्रबार, मंसिर २७ २०७६

पोखरा- आइएमई नेपाल साहित्य महोत्सवको आठौँ संस्करण पोखराको लेकसाइडस्थित बाराहीघाटमा आज बाट सुरु हुँदै छ।महोत्सवमा अघिल्ला संस्करणझैं यस वर्ष पनि देशविदेशका ११० भन्दा बढी साहित्यकार, लेखक, पत्रकार, कलाकार, सम्पादक, सेलिब्रेटी एवम् विशिष्ट व्यक्तित्वको उपस्थिति रहनेछ ।

३५ भन्दा बढी सेसन र थप रोचक सामग्री समावेश महोत्सवमा दैनिक हजारौं साहित्यानुरागी भेला हुनेछन् ।महोत्सवको उद्घाटन सत्रमा पूर्वअर्थमन्त्री एवं नागरिक समाजका अगुवा देवेन्द्रराज पाण्डेको विद्वत्प्रवचन रहनेछ।

नेपालकै सबैभन्दा ठूलो र एकमात्र अन्तर्राष्ट्रिय साहित्य महोत्सव पोखरामा आयोजन गर्न पाउँदा गौरवान्वित भएको ¥यान्डम रिडर्स सोसाइटीका अध्यक्ष केशवशरण लामिछानेले बताए । पोखरालाई सांस्कृतिक—साहित्यिक शहर बनाउन, पोखरेली साहित्यको विकास गर्नमा नेपाल साहित्य महोत्सवले अग्रणी भूमिका खेलेको उनले बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार