पोखरा- भक्तपुरमा बनभोजका लागी गएको काठमाडौँको मदन भण्डारी मेमोरियल कलेजको बस दुर्घटना हुदाँ २२ जना घाइते भएको छ ।
शुक्रबार बिहान कलेजबाट भक्तपुरको सूर्यविनायक नगरपालिका–८ घ्याम्पेडाँडा पिकनिकको लागि जाँदै गरेको रिद्धिसिद्धी यातायातको बा ५ ख ४२८६ नम्बरको बस सडकमै पल्टेको हो। प्रहरीका अनुसार ११ वटा गाडीमा कलेजका विद्यार्थीहरु र शिक्षकहरु बनभोजका लागि आएका थिए ।
घाइतेमध्ये २ जना सख्त छन् भने अन्य २० जनाको अवस्था सामान्य छ । दुर्घटनामा घाइते २० जना डाक्टर इवामुवारा अस्पताल सल्लाघारी र २ जनाको भक्तपुर अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।