logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

चिकित्सा शिक्षामा शुल्क निर्धारण यस्तो छ नयाँ शुल्क


  • राजनीति
  • बिहिबार, पुष २४ २०७६

चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम)ले स्नातक तहका विभिन्न १२ शैक्षिक कार्यक्रमको लागि शुल्क तोकेको छ।

आइओएमले एमबिबिएस र बिडिएसमा सरकारले निर्धारण गरेको आधारमा शुल्क निर्धारण गरेको छ। जसअनुसार एमबिबिएसका लागि उपत्यकाबाहिर ४४ लाख ३६ हजार २५ र उपत्यकाभित्र ४० लाख २३ हजार २ सय ५० तोकेको छ। त्यस्तै बिडिएसका लागि २० लाख १९ हजार पाँचसय ८० रुपैयाँ, बीपीएच, बीएसस्सी, मेडिकल ल्याव टेक्नोलोजिष्ट, बी फार्मेसी र बीएस्सी एमआईटीको शुल्क ७ लाख २५ हजार ८ सय १८ तोकेको छ।

ब्याचलर इन आयुर्वेद मेडिसिन एण्ड सर्जरी बिएएमएसको १३ लाख ८८ हजार ८ सय, ब्याचलर इन नर्सिंग साइन्स (बिएनएस)को ५ लाख २५ हजार र बिएससी नर्सिंगका लागि ७ लाख ८२ हजार शुल्क तोकिएको छ।

हेर्नुस् शुल्क

 

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार