logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

पोखरा पिएन क्यामपसमा लगाएको ताला खुल्यो


  • राजनिती न्युज डेस्क
  • मंगलबार, माघ २१ २०७६

पोखरा- १ हप्तादेखि आंशिक शिक्षकलाई करारमा नियुक्ति गर्नुपर्ने, दैनिक ज्यालादारी प्रथा अन्त्य गर्न माग राख्दै कक्षा बहिष्कार गर्दै आएका आशिक शिक्षकले आन्दोलन् फिर्ता लिएका चान् । आन्दोलन् फिर्ता लिए सङै पृथ्वीनारायण (पीएन) क्याम्पस प्रशासन ताला खुलेको छ ।आंशिक प्राध्यापकको आन्दोलन फिर्ता भएसँगै क्याम्पसको पढाइले निरन्तरता पाएको हो ।

सोमबार त्रिभुवन विश्वविद्यालयक प्रतिनिधि, पृथ्वीनारायण क्याम्पस प्रशासन र आशिंक प्राध्यापक संघबीच भएको त्रिपक्षीय वार्तामा समाधान गर्ने सहमति भएपछि मंगलबारबाट कक्षा नियमित सञ्चालन भएको हो ।

आंशिक शिक्षकलाई व्यवस्थापन गर्न कुरामा त्रिभुवन विश्वविद्यालय र क्याम्पसले सकारात्मक रुपमा लिएपछि तत्कालका लागि आन्दोलन फिर्ता लिएको आशिंक प्राध्यापक संघका अध्यक्ष सुनिल गौतमले बताए ।

पृथ्वीनारायण क्याम्पस प्रमुख प्राध्यापक चन्द्रबहादुर थापाले आंशिक प्राध्यापकमध्ये जो बढी कार्यभारमा छ उसलाई १ महिनाभित्र मासिक ज्याला दिने, करारमागको विषयमा त्रिवि सिनेटबाटै निर्णय आउनुपर्ने भएकाले सिनेटबाटै पारित हुने गरी सहमति भएको सुनाए ।

क्याम्पसमा उठेको विवाद समाधान गर्न त्रिभुवन विश्वविद्यालयले ३ सदस्यीय कार्यदल गठन गरेर पोखरा पठाएको थियो । शनिबार भएको पहिलो वार्ता बिना निष्कर्ष टुंगिएपछि विद्यार्थी संगठनले प्रशासनमा तालाबन्दी गरेका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार