logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

सिटिइभिटी पढ्न किन बाँकि रह्याे २४ हजार विद्यार्थी काेटा ? यस्तो भन्छन् सदस्य सचिव


  • पत्रपत्रिका
  • बुधबार, माघ २२ २०७६

सरकारले अर्बौं लगानी गरेर प्राविधिक शिक्षा र व्यावसायिक तालिम सञ्चालन गरे पनि कोटाअनुसार विद्यार्थी नै भर्ना नहुने गरेको पाइरहेको छ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) मार्फत सरकारले विभिन्न शैक्षिक कार्यक्रम सञ्चालन गरिरहेको भए पनि ६८ प्रतिशतमात्र भर्ना हुने गरेको पाइएको हो ।

सीटीईभीटीमार्फत सञ्चालन हुने प्राविधिक एसएलसी र डिप्लोमा तहका विभिन्न शैक्षिक कार्यक्रममा ३२ प्रतिशत अर्थात् २४ हजार कोटामा भर्ना आवेदन नै नपर्ने गरेको देखिन्छ । एसएलसी तहका ९ सय कार्यक्रममा ३५ हजार र डिप्लोमा तहमा ९३८ कार्यक्रममा ३८ हजार ९७६ भर्ना क्षमता रहेको छ । यी दुवै तहमा गरेर २४ हजार कोटामा भर्ना आवेदन नै आउँदैन ।

नेपालमा प्राविधिक क्षेत्रमा कार्यरत मध्यमस्तरको जनशक्तिमध्ये ७० प्रतिशत अर्थात् २५ लाख तालिमविहीन भइरहेको अवस्थामा माग अनुसार भर्ना आवेदन नआउने सीटीईभीटीका सदस्यसचिव पुष्परमण वाग्लेले जानकारी दिए ।
आजको कारोबार दैनिकमा समाचार छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार