पोखरा – भारत सरकारको सहयोगमा बनेको एक विद्यालयको भवन नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उद्घाटन गरेका छन् । सोमवार नुवाकोट जिल्लाको किस्पाङ्मा ऐँसेलुभूमे माध्यमिक राष्ट्रिय परीक्षा बोर्डबाट सम्बन्धन प्राप्त ऐँसेलुभूमे माध्यमिक विद्यालयको प्रचण्डले उद्घाटन गरेका हुन । २०४६ सालमा स्थापना भएको विद्यालयमा करिब ६३७ विद्यार्थी अध्ययनरत छन् ।
उद्घाटन समारोहमा उर्जा, जलस्रोत तथा सिञ्चाइ मन्त्री वर्षमान पुनको पनि उपस्थित थियो । दूतावासको तर्फबाट दूतावासको पूनर्निर्माण प्रभागका प्रथम सचिव सुचिता किशोरको पनि उपस्थिति थियो ।