logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

बिधालयको लाखौं रुपैया हिनामिना ! गोरखाका प्रधानाध्यापक विरुद्ध मुद्दा दायर


  • रासस
  • बुधबार, फाल्गुन ७ २०७६

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विद्यालयको बजेट हिनामिना गरेको आरोपमा गोरखाको तत्कालीन सिरानचोक गाविस–१ मा रहेको नेपाने माध्यमिक विद्यालयका प्रधानाध्यापक शिवकुमार साहविरुद्ध आज विशेष अदालतमा आरोपपत्र दायर गरेको छ ।

तत्कालीन जिल्ला शिक्षा कार्यालयबाट पुस्तकालय व्यवस्थापनका लागि ‘फिक्सिङ’ र किताब खरिद शीर्षकमा निकासा भएको रकम हिनामिना गरेको आयोगले आरोप लगाएको छ । निजले झुठा बिल भर्पाइ तथा कागजात बनाई अनुदान शीर्षकको रुकम रु छ लाख ५० हजार हिनामिना गरेको सप्रमाण पुष्टि भएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालालले जानकारी दिनुभयो । निज प्रअ साहविरुद्ध सोही रकम बराबर बिगो माग गर्दै आरोपपत्र दायर गरिएको आयोगले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार