logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

एसइई कर्णालीबाट ३६ हजार परीक्षार्थी सम्मिलित हुने


  • रासस
  • मंगलबार, फाल्गुन २० २०७६

सुर्खेत- आगामी चैत ६ गते हुने माध्यमिक शिक्षा परीक्षा एसइई  मा कर्णालीबाट ३६ हजार परीक्षार्थी सम्मिलित हुने भएका छन् । यहाँका १० जिल्लाका छात्राछात्र गरी जम्मा ३६ हजार २९९ परीक्षार्थी यो परीक्षामा सम्मिलित हुने शिक्षा विकास निर्देशनालय सुर्खेतका परीक्षा शाखा प्रमुख मोतिलाल शर्माले जानकारी दिए ।

‘साधारण र प्राविधिक धारको नियमिततर्फ ३२ हजार ८९६ र प्राविधिक धारतर्फ ५६८ परीक्षार्थी छन्’, उनले भने, ‘ग्रेड वृद्धि साधरणधारतर्फ दुई हजार ८१३ र प्राविधिक धारतर्फ २२ ले परीक्षा सम्मिलत हुँदैछन् ।’

उनले भने, ‘कर्णालीभरिमा १७६ परीक्षा केन्द्र रहेका छन् । त्यसमा १७६ केन्द्राध्यक्ष, २४२ सहायक केन्द्राध्यक्ष, एक हजार ८११ निरीक्षक, ३६२ परीक्षा सहायक, ७२३ कार्यालय सहयोगी र दुई हजार ६५५ सुरक्षाकर्मीगरी जम्मा पाँच हजार ९६९ जनशक्ति प्रत्यक्षरुपमा परिचालन गरिने छन् ।’

यो परीक्षामा पाँच लाख ६५ हजार १३६ मूलसहित तीन लाख ९५ हजार ५९५ थप उत्तरपुस्तिका कर्णालीका दशवटै जिल्लामा निर्देशनालयले पु¥याइसकेको उनले बताए । उत्तरपुस्तिका छपाइ, ढुवानी र परीक्षा सञ्चालनका लागि रु एक करोड ९० लाख बजेट विनियोजन गरिएको उनको भनाइ छ । उत्तरपुस्तिका छपाइ र ढुवानी जिम्मा जनक शिक्षा सामग्रीलाई दिएको परीक्षा शाखा प्रमुख शर्माले जनाए ।

उनका अनुसार परीक्षालाई व्यवस्थित, मर्यादित र प्रभावकारी बनाउन प्रत्येक जिल्लाका, एकाइ प्रमुख, सामाजिक विकास कार्यालयका प्रमुख, मानव स्रोत विकास केन्द्रका प्रमुखलाई अनुगमन तथा आचारसंहितासम्बन्धी दुईदिने कार्याशाला गोष्ठी गरिएको छ ।

स्थानीय तहमा भने माध्यमिक शिक्षा व्यवस्थापनसम्बन्धी प्रत्यक्ष संलग्नताको कानूनी आधार नभएकाले परीक्षाको व्यवस्थापकीय पाटोमा सहयोग गर्न स्थानीय सरकारका प्रमुख, शिक्षा हेर्ने अधिकृतलाई अनुरोध गरिएको शिक्षा विकास निर्देशनालयले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार