logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

त्रिबिले परीक्षा सार्ने, यस्तो छ छलफल


  • राजनीति
  • शनिबार, फाल्गुन २४ २०७६

काेराेनाकाे त्रासले परीक्षा सार्न बिधार्थीले दवाव दिएपछि कोरोना (कोभिड १९) भाइरसको त्रासका कारण परीक्षा सार्न विद्यार्थीले दबाब दिएपछि त्रिभुवन विश्वविद्यालय केन्द्रीय परीक्षा समितिले बैठक बोलाएको छ।

त्रिवि परीक्षा नियन्त्रक तथा समितिका सदस्यसचिव पुष्पराज जोशीले शुक्रबार ५ बजेको लागि समितिको बैठक बोलाइएको जानकारी दिए।

कोरोना भाइरसको त्रासका कारण परीक्षामा बस्ने वातावरण नभएको भन्दै विद्यार्थीले परीक्षाा सार्न त्रिविका अधिकारीलाई दबाब दिइरहेका छन्।

उनीहरुले बिहीबार परीक्षा नियन्त्रक जोशीलाई भेटेर परीक्षा सार्न अनुरोध गरेका थिए। जोशीले भने, ‘मैले मात्रै निर्णय गर्ने कुरा भएन। फेरि अहिले नै परीक्षा सार्नुपर्ने अवस्था पनि आएको छैन। तैपनि म बोर्ड बैठकमा विद्यार्थीका कुरा राख्छु।’

त्रिविले स्नातकोत्तर तह पहिलो वर्षको परीक्षाको मिति चैत सात गतेदेखि तोकेको छ। त्यस्तै चैत ९ गतेबाटै एक वर्षे बीएडको परीक्षा तालिका सार्वजनिक भइसकेको छ।

एलएलबी दोस्रो वर्षको परीक्षा चैत १४ गतेबाट सञ्चालन हुने तालिका यसअघि नै सार्वजनिक भइसकेको छ। चैत २७ गतेबाट स्नातक चौथो वर्षका परीक्षा सञ्चालनको तालिका तयार भएको पनिकाले जनाएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार