logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

ब्रेकिङ्ग : एसईई परिक्षा स्थगित


  • राजनीति
  • बुधबार, चैत्र ५ २०७६

सरकारले बिहीबारदेखि हुन लागेको एसईर्य परीक्षा स्थगित गर्ने निर्णय गरेको छ ।

सरकारले माध्यमिक शिक्षा परीक्षा (एसईई) स्थगित गरेको छ। कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समितिका संयोजक उपप्रधानमन्त्री ईश्वर पोखरेलले एसईई परीक्षा स्थगित गर्ने निर्णय भएको जानकारी दिए।

प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमालले ट्वीट गर्दै बिहीबारदेखि हुने भनिएको एसइई परीक्षा हाललाई स्थगित भएको जनाएका छन्।

एसईई परीक्षा चैत ६ गतेदेखि तोकिएको थियो। यसअघि सरकारले एसईई परीक्षा नरोक्ने तर सबै परीक्षा केन्द्रमा हेल्थ डेस्क राख्ने निर्णय गरेको थियो। यसअघि बिहीबारदेखि हुने भनिएको माध्यमिक शिक्षा परीक्षा एसइईमा सुदूरपश्चिम प्रदेशका नौवटै जिल्लामा आवश्यक सबै तयारी पूरा भईसकेको जनाईएको थियो।

सुदूरपश्चिम क्षेत्रीय शिक्षा विकास निर्देशनालय दिपायल राजपुरले सबै परीक्षा केन्द्रमा प्रश्नपत्र, उत्तर पुस्तिकालगायत सामग्री पुगिसकेको बताएको थियो। प्रदेशबाट यस वर्षको एसइईमा छात्र २६ हजार १४२, छात्रा २८ हजार ३९५ गरी जम्मा ५४ हजार ५३७ विद्यार्थी सहभागी हुने भएका छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार