logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

एसईई : फेदीखोला गाउँपालिकाले विद्यार्थीलाई घर पु¥याउन यातायातको व्यवस्था


  • रासस
  • बिहिबार, चैत्र ६ २०७६

फेदीखोला गाउँपालिकाले माध्यमिक शिक्षा परीक्षा (एसइई) मा सहभागी हुन परीक्षा केन्द्र नजिक बसेका विद्यार्थीलाई घरघर पु¥यादिन शुरु गरेको छ ।

यसका लागि सो गाउँपालिकाले आज विहानदेखि निः शुल्क बस सेवा सञ्चालन गरी विद्यार्थीलाई घरघर पु¥याइदिन थालेको गाउँपालिकाका अध्यक्ष घनश्याम सुवेदीले जानकारी दिए ।

कोभिड–१९को जोखिमलाई ध्यादिँदै सरकारले बुधबार साँझ आजदेखि शुरु हुने भनिएको सो परीक्षा स्थगन गर्ने निर्णय गरेको थियो ।

फेदीखोला र खड्केटारी बजारमा बसेका फेदीखोला गाउँपालिका–५ बागे मैदान मावि र ४ गलेम शीतला माविका विद्यार्थीलाई आज बिहानदेखि घर पु¥याउन यातायातको व्यवस्था गरिएको उनले बताए ।

यसपटकको सो परीक्षामा देशभर कूल चार लाख ८२ हजार ७०७ विद्याथी सहभागी हुने जनाइएको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार