राजनीति
यस वर्षको एसइईको नतिजा प्रकाशित भएको छ । आज राष्ट्रिय परिक्षा बोर्डले नतिजा प्रकाशन गरेको हो । परिक्षा नियन्त्रक रामराज खकुरेलले परिक्षाफल प्रकाशित गरेका जानकारी दिए ।
यसवर्ष एसईईको बोर्ड परीक्षा भएन । कोभिड १९ को जोखिमका कारण परीक्षा नभएको हो । बोर्डले विद्यालयको आन्तरिक मुल्यांकनलाई प्रमाणिकरण गरी नतिजा प्रकाशन गरेको हो ।
नतिजा प्रकाशनमा जिपिएको विवरण खुलाइएको छैन । यसवर्ष पुनरयोग तथा ग्रेडवृद्धि परीक्षा पनि नहुने भएको छ ।
परीक्षा नियन्त्रण कार्यालयका अनुसार २०७६ को एसईईमा कुल चार लाख ८२ हजार नौ सय ८६ विद्यार्थीले परीक्षा आवेदन भरेकोमा विद्यालयहरुबाट परीक्षाका लागि योग्य चार लाख ७२ हजार ७८ विद्यार्थीको प्रमाणित प्राप्तांक विवरण प्राप्त भएको राष्ट्रिय परीक्षा बोर्डले जानकारी दिएको छ
