logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

पठनपाठन तत्काल राेक्नु : शिक्षा मन्त्री


  • राजनीति
  • आइतबार, असोज १८ २०७७

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले कोरोना भाइरस (कोभिड–१९) को जोखिम कायमै रहेकाले विद्यालयमा विद्यार्थी उपस्थित गराएर पढाउने अवस्था अझै नरहेको बताएका छन ।

सिरहाको गोलबजारमा आज जयगोविन्द साह पोलिटेक्निकल इन्स्टिच्यूटको उद्घाटन गर्दै उनले सिरहाका कतिपय स्थानीय तहका विद्यालयहरुमा पठनपाठन भइरहेको सूचना आफूले पाएको हुँदा त्यसलाई तत्काल रोक्नुपर्ने बताए ।

“कोभिड–१९ को जोखिम अझै उच्च रहेकाले विद्यार्थीलाई विद्यालयमा उपस्थित गराएर होइन्, वैकल्पिक शिक्षण सिकाइ पद्धति अपनाएर शिक्षा दिनुपर्दछ”, उनले भने, “आज २० प्रतिशत विद्यार्थीको प्राविधिक तथा वैज्ञानिक शिक्षामा पहुँच छ, ७० प्रतिशत विद्यार्थीलाई प्राविधिक शिक्षामा पहुँच पु¥याउने सरकारको लक्ष्य छ , सोही अनुरुप अहिले गाउँ गाउँका सामुदायिक विद्यालयमा प्राविधिक धारका विद्यालय सञ्चालन गर्न अनुमति दिएको छ ।”

मन्त्री पोखरेलले धेरैभन्दा धेरै विद्यार्थीले सीपमूलक शिक्षा पाउन भन्ने सोचका साथ आजसम्म देशका ६४५ पालिकामा प्राविधिक धारको शिक्षा पु¥याएको उल्लेख गर्दै प्राविधिक शिक्षाको स्तरोन्नतीका लागि प्रयोगशाला र दक्ष शिक्षकको आवश्यकता रहेको बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार