logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

शैक्षिक सत्र असार देखि सुरु हुने


  • राजनीति
  • बुधबार, फाल्गुन ५ २०७७

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले नयाँ शैक्षिकसत्र असारदेखि सुरु हुने बताएका छन्।मंगलबार सफलता एचआईभी शिक्षा सदनले आयोजना गरेको सरस्वती पूजा कार्यक्रममा सहभागी भएका मन्त्री श्रेष्ठले सञ्चारकर्मीसँग कुराकानी गर्दै नयाँ शैक्षिकसत्र असारदेखि सुरु हुने बताएका हुन्। यसका निम्ति मन्त्रालयले तयारी गरिसकेको उनको भनाइ छ।

त्यस्तै, मन्त्री श्रेष्ठले शिक्षक सेवा आयोगमा रिक्त रहेका पदाधिकारीको नियुक्तिका लागि मन्त्रिपरिषद्मा पठाइएको र छिट्टै टुंगो लाग्ने जानकारी दिए। आगामी दिनमा एचआईभी संक्रमित विद्यार्थीको उच्च शिक्षाका लागि राज्यको नीति तथा कार्यक्रममा पारेर निश्चित बजेट विनियोजन गर्नेसमेत मन्त्री श्रेष्ठले बताए। मन्त्री श्रेष्ठले समाजमा चेतनाको कमीले एचआईभी संक्रमितले अपहेलित र उपेच्छित जीवन बिताउनुपर्ने अवस्था रहेको भन्दै उनीहरूको कदर र सम्मान हुनुपर्ने बताए। सबै विद्यालयमा सामाजिक रूपान्तरण रहेको उनको भनाइ छ।

मन्त्री श्रेष्ठले सफलता एचआईभी सक्रमित बालबालिकासँग सरस्वती पूजा मनाएको छ। मन्त्रीसँगै कार्यक्रममा पुगेका विभिन्न समाजसेवी व्यक्तिहरूले सफलता एचआईभी शिक्षा सदनलाई आर्थिक सहयोग पनि गरेका थिए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार