logo मंगलबार, कार्तिक १८ २०८३ | Tuesday 3rd November 2026

तीन वर्षे ल पढ्न सबैलाइ खुल्ला


  • राजनीति
  • बिहिबार, असार १४ २०७५

नेपाल ल क्याम्पस, स्ववियुले दिएको जानकारी अनुसार ३ बर्से कानुन बिषयमा अब सबै बिद्यार्थीहरुले पढ्न पाउने भएका छन् । एक बिषयमा स्नातक तह अध्ययन पुरा गरि पढ्न ईच्छुक विद्यार्थीहरुलाई कानुन पढाइ हुने क्याम्पसहरुमा मा २१ गतेदेखि भर्ना खुला भएको छ । यो संगै यस अघि लिइएको प्रवेश परीक्षाको सान्दर्भिकता समेत समाप्त भएको छ ।

यस अघि कानुन संकायमा निश्चित भर्ना कोटा तोकि भर्ना कार्यक्रम संचालन गर्ने निर्णय गरिएको थियो । स्ववियु र अन्य बिद्यार्थी संगठनको दबाब पछी निश्चित भर्ना संख्या प्रणाली खारेज गरिएको हो ।

भर्नाको लागि आवस्यक कागजातहरु:

१. नागरिकताको फोटोकपी
२. स्नातक तह उत्तीर्ण गरेको सम्पूर्ण प्रमाण पत्रहरूको फोटोकपी
३. रू ९५००

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार