राजनीति
सरकारले सबै तहका परीक्षा तत्कालका लागि रोक्ने तयारी गरेको छ । कोभिड संकट व्यवस्थापन केन्द्रले यस्तो तयारी गरेको परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए ।
उनका अनुसार व्यवस्थापन केन्द्रले यस सम्बन्धी विस्तृत कार्ययोजना तयार पारिरहेको र छिट्टै लागु हुने छ ।
त्यसैगरी नेपालसँग जोडिएका अन्तर्राष्ट्रिय सीमानाका तत्काल बन्द गर्ने सरकारको तयारी छ ।
यसबारेमा सीसीएमसीले तयारी गरिरहेको उनले जानकारी दिए । यसअघि नै सीमा नाकामा हेल्थ डेस्क राख्ने भने पनि त्यो प्रभावकारी हुन सकेको छैन ।