logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

विश्वबिधालयमा जागीर खुल्यो, प्राध्यापक देखि कर्मचारी सम्म यस्तो छ संख्या


  • राजनीति
  • मंगलबार, असार १५ २०७८

नेपाल खुला विश्वविद्यालय सेवा आयोगले स्थायी सेवामा पदपूर्ति गर्न प्राध्यापकदेखि कर्मचारीसम्म विभिन्न पदमा ७४ जनाका लागि दरखास्त माग गरेको छ।

विश्वविद्यालयले सूचना निकालेर कार्यकारी परिषदको वैशाख २४ को निर्णयअनुसार भन्दै आन्तरिक र खुला प्रतियोगितामार्फत् प्राध्यापकदेखि कर्मचारीसम्म माग गरेको हो।

आन्तरिक र खुला प्रतियोगितामार्फत स्थायी सेवामा पदपूर्ति गर्न विश्वविद्यालयले प्राध्यापकदेखि कर्मचारीसम्म विभिन्न पदमा आवेदन खुला गरेको हो।

विश्वविद्यालयले आज जारी गरेको सूचनाअनुसार आन्तरिक शिक्षण सेवातर्फ प्राध्यापक, सहप्राध्यापक र उपप्राध्यापक पदमा गरी कूल २२ जना आवश्यक परेको छ।

यस्तै आन्तरिक प्रतियोगिताबाट पूर्ति गर्नेगरी प्रशासनतर्फ शाखा अधिकृत, कार्यालय मुख्य सहायक, लेखा मुख्य सहायक, प्राविधिक मुख्य सहायक गरी कूल १० कर्मचारी माग गरिएको छ।

यस्तै खुला प्रतियोगितामार्फत पूर्ति गर्नेगरी प्राध्यापक, सहप्राध्यापक र उपप्राध्यापक गरी कूल २२ जना माग गरिएको छ।

यस्तै खुलाबाटै प्रशासनतर्फ शाखा अधिकृत, लेखा अधिकृतलगायत कूल २० कर्मचारी माग गरिएको छ।

इच्छुक एवं योग्य नागरिकले आजका मितिले ३५ दिनभित्र आवेदन दिन सक्ने छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार