logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

सिटिइभिटीका ४५ वटा कलेजमा नर्सिङ भर्ना लिइदै, १६ सयले स्टाप नर्स पढ्न पाउने !


  • राजनीति
  • मंगलबार, मंसिर ७ २०७८

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी)द्धारा पिसिएल नर्सिङ अध्यापनका लागि ४५ वटा नर्सिङ क्याम्पसले अनुमति पाउने भएका छन्।

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी)ले १०० बेडको अस्पताल भएका ४५ वटा नर्सिङ कलेजहरुमा पिसिएल नर्सिङको अध्ययनका लागि भर्ना खुलाउन लागेको हो।

सिटिइभिटीका सदस्य सचिव जीवनारायण काफ्लेले आंगिक र साझेदारीका ४ वटा र ४१ वटा निजी नर्सिङ कलेजले पिसिएल नर्सिङ अध्ययनका लागि अनुमति पाउने भएको जानकारी दिए।

उनका अनुसार आंगिक र साझेदारी बाहेकका ४१ वटा निजी नर्सिङ कलेजसँग चिकित्सा शिक्षा आयोगको ऐनमा उल्लेख भएअनुसार आफ्नै १०० बेड वा सो भन्दा माथि बेड भएको अस्पताल छन्।

‘निजी ४१, आफ्नै २ वटा र साझेदारीमा चलेका २ वटा गरेर ४५ वटा नर्सिङ कलेजले भर्नाका लागि अनुमति पाउने भएका छन्,’ सदस्यसचिव काफ्लेले भने, ‘यी कलेजहरुको आयोगको ऐन अनुसार मापदण्ड पूरा गरेका छन्।’

४५ वटा कलेजहरुमा करिब १६ सय सिटमा पिसिएल नर्सिङका लागि विद्यार्थी भर्ना प्रक्रिया सुरु हुनेछ।

सिटिइभिटीले ती ४५ वटा कलेजको नाम भने अझै सार्वजनिक गरेको छैन।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार