राजनीति
त्रिभुवन बिश्वबिद्धालय केन्द्रिय क्याम्पस किर्तिपुरको छात्रावासमा अखिल क्रान्तकारीकाे अनिश्चित तालाबन्दि गरेको छ ।
छात्रावास सुधारको माग गर्दै तालाबन्दी गरिएको जारी बिज्ञप्तीमा उल्लेख गरिएको छ । अखिल क्रान्तिकारीका अनुसार छात्राबासमा पहुँच र प्रभावका आधारमा बस्दै आएका गैह्र विद्यार्थीलाई निष्कासित गरी त्रिविका वास्तविक विद्यार्थी साथीहरुलाई बस्ने व्यवस्थापन गर्नुपर्ने, अनाधिकृत रुपमा कोठाहरु किनबेच हुने गरेको हुँदा सोको छानविन गरी कारबाहि प्रक्रिया अघि बढाउनुपर्ने, विद्यार्थी संगठनलाई कथित रुपमा दिएको अघोषित भागवण्डाको अन्त्य गरिनुपर्ने । होस्टेलको सुरक्षा, सरसफाई, इन्टेरनेटको निशूल्क व्यवस्था, खानेपानिको व्यवस्थापन लगायतका माग राखि अनेरास्ववियू(क्रान्तिकारी) ले २०७४ चैत्र २० गते त्रिवि उपकुलपति तिर्थ खनिया, क्याम्पस प्रिन्सिपल र होस्टेलको वार्डेनलाई ज्ञापन पत्र बुझाएको तर ५ महिना वितिसक्दा पनि कुनै माग पूरा नभएपछि असोज ५ गते पुन ७ दिने अल्टिमेटम सहितको स्मरण पत्र बुझाउँदा समेत वास्ता नगरेको भन्दै माग पूरा नहुन्जेल सम्मका लागी भन्दै तालाबन्दी गरेको हो ।
