logo मंगलबार, कार्तिक १८ २०८३ | Tuesday 3rd November 2026

भोलि विद्यालय बन्द नगर्न बालेनको निर्देशन, उपस्थित नभए जागिरबाट हटाउनुको साथै विद्यालयसमेत बन्द गर्ने चेतावनी


  • राजनीति
  • शनिबार, असार २ २०८०

काठमाडौं महानगरपालीकाका मेयर बालेन शाहले आइतबार महानगरभित्रका सबै विद्यालय सञ्चालन गर्न निर्देशन दिएका छन् ।

आज सामाजिक सञ्जालमार्फत मेयर शाहले आइतबारका लागि देशभरका विद्यालय बन्द गर्ने भन्ने चर्चाप्रति गम्भिर ध्यानाकर्षण भएको उल्लेख गर्दै विद्यालय शान्ति क्षेत्रको अवधारणा विपरित हुने गरी कुनै पनि काम नगर्न सरोकारवालाहरुसँग आग्रह गरेका हुन् । उनले आइतबार विद्यालयमा अनुपस्थित हुने शिक्षक कर्मचारीलाई पदबाट हटाउने समेच चेतावनी दिएका छन् ।

विद्यालय व्यवस्थापन समितिबाट नियमित कक्षा सञ्चालनका निम्ति पहल नभएमा एवं नियमित कक्षा सञ्चालनमा कुनै बाधा पुर्‍याउने काम भएमा महानगरपालिका शिक्षा ऐनको दफा २८ बमोजिम विद्यालय व्यवस्थापन समिति विघटन गरिने समेत मेयर शाहले सामाजिक सञ्जालमा उल्लेख गरेका छन
।

“कुनै संस्थाले बल प्रयोग गरी बन्द गरेको खण्डमा नेपाल प्रहरीसँग समन्वय गरी नियन्त्रणमा लिन लगाई फौजदारी मुद्दा चलाउन पहल गरिनुको साथै काठमाडौँ महानगरपालिका शिक्षा ऐन एवं प्रचलित अन्य कानुन बमोजिम कारबाही गरिनेछ,” मेयर शाहद्धारा सामाजिक सञ्जालमा जारी गरिएको निर्देशनमा उल्लेख गरिएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार