राजनीति
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहाले महानगरभित्रका निजी विद्यालयहरुलाई सामुदायिक विद्यालयका शिक्षकसरह नै शिक्षकहरूलाई तलब तथा सेवा सुविधा दिन निर्देशन दिएका छन् ।
सामाजिक सञ्जालमा मेयर बालेनले शिक्षा ऐन, २०२८ को दफा १२ (७) (छ) मा संस्थागत विद्यालयको शिक्षकलाई पनि नेपाल सरकारले तोकिदिएको तलब स्केलअनुसार दिनुपर्ने उल्लेख भएको सम्झाउँदै त्यसैअनुसार गर्न भनेका हुन्।
उनले लेखेका छन, ‘निम्न अनुसारको तलब सुविधा प्राप्त नभएमा काठमाडौँ महानगरपालिका शिक्षा विभागमा सम्पर्क गर्न अनुरोध गर्दछौँ।’