logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

गणित विज्ञान र कम्युटर अंग्रेजी भाषामा पढाउनु पर्ने


  • राजनीति
  • बुधबार, भाद्र २७ २०८०

सरकारले नेपालका विद्यालयमा मातृभाषासँगै नेपाली, संस्कृत र अंग्रेजी भाषामा पनि पढाउन पाइने प्रस्ताव गरेको छ ।

बुधबार संघीय संसद सचिवालयमा दर्ता भएको विद्यालय शिक्षासम्बन्धी विधेयकमा शिक्षणको माध्यमभाषा मातृभाषा, नेपाली, संस्कृत र अंग्रेजी हुने व्यवस्था गरिएको छ । तर माध्यम भाषा जे सुकै भए पनि विज्ञान, गणित र कम्प्युटर भने अंग्रेजी भाषामा नै पढाउनुपर्ने व्यवस्था विधेयकमा गरिएको छ ।

कुनै विदेशीले नेपालमा अध्ययन गर्दा नेपाली नपढे पनि हुने भएको छ । उसले नेपालीको सट्टा पाठ्यक्रममा निर्धारित भाषा अर्थात कुनै मातृभाषा, सस्कृत वा अंग्रेजी पढ्न पनि पाउनेछ ।

नेपाली मौलिक कला, संस्कृति, सभ्यता, सामाजिक रहनसहन समेटिएका सामाजिक अध्ययनका विषय नेपाली वा मातृभाषा नै पढाउनुपर्नेछ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार